तपाईँ सुन्दै हुनुहुन्छः

भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार स्वरूप प्रदान

काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ । 

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा स्कुल बसका साँचो हस्तान्तरण गर्नुभयो ।

यस्तै, उपहार स्वरूप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुई वटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गर्नुभएको थियो  ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण  नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button