भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा बाँकेका ५ जनाको मृत्यु
बाँके । भारतको नैनीतालमा गएराती भएको सवारी दुर्घटनामा बाँकेका ५ जनाको मृत्यु भएको छ ।
मुत्यु भएकामध्ये बाँकेको बैजनाथ गाउँपालिका फत्तेपुर चाँदनी चोकका ५ जना रहेको भारतीय प्रहरीलाई उधृत् गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
प्रजिअ पोखरेलका अनुसार फत्तेपुरका ५० वर्षीय उदय राम चौधरी, ४१ वर्षीय तिलक चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ६० वर्षीय बिनोद चौधरी र ४५ वर्षीय धिरज चौधरीको मृत्यु भएको हो ।
यस्तै बर्दिया बबई चेपाङका ६० वर्षीय तोक बहादुर र उच्चकोट दोलालघाटका ४० वर्षीय रमेश चन्द्रको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको र घर फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्