तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्नुभएको थियो । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाउनुभएको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने आवश्यक सङ्ख्या २१ हो ।

चैत २१ गते मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आव्हान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button