सालको पात टिपेरै उद्यमी बन्दै बासगढिका महिला

बाँके । जङ्गलमा खेर गइरहेको सालका पातहरू टिपेर बर्दिया जिल्ला बासगढि नगरपालिका वार्ड नम्बर ४ पहाडिपुरमा चटियाताल सामुदायिक वन उपभोक्ता समिति जहाँ सालका पातहरू टिपेर यहाँका महिलाहरू उद्यमसँग जोडिएका छन् ।
वनमा खेर गइरहेका असरल्लै सालका पात तिनै सालका पातबाट बन्छन् दुना र टपरी । यहाँका महिलाहरू यिनै सालका पातहरू टिपेर दुना टपरी बनाउन निकै व्यस्त छन् । श्री चटिया ताल सामुदायिक वन उपभोक्ता समितिको भवनमा दुना र टपरी बनाउने मेसिन जडान गरेर महिलाहरू उद्यमशीलतातर्फ जोडिएको समितिका सदस्य राधिका केसी बताउनु हुन्छ ।
नजिकै सामुदायिक वन छ त्यही वनबाट उनीहरूले सालको पात टिप्छन् टिपिएका पातलाई बासका सिन्काले बुनेर लाफा बनाउछ्न अनि मेसिनका माध्यमबाट दुना र टपरीको आकार दिन्छन् । यसरी बनाइएको दुना टपरीको उनीहरूले आफै मूल्य निर्धारण गरेका छन् । उनीहरूले सानो आकारको चाट दुनालाई एक रुपैयाँ अलि ठुलो मम दुनालाई साढे दुई रुपैयाँ र ठुलो टपरीलाई तिन रुपैयाँका दरले बिक्री वितरण गर्दै आइरहेका छन् ।

दुना टपरी बनाएर महिलाहरू आत्मनिर्भरमा जोडिए पनि उनीहरूलाई बनिसकेका दुना टपरी पनि राख्ने पर्याप्त ठाउँ नहुँदा समस्या भने हुने गरेको छ । दुना टपरी र पात राख्ने बेग्लै भवन बन्न सके यहाँका झन धेरै महिलाहरू आत्मनिर्भरमा जोडिने उनीहरूको विश्वास छ।

दुना टपरी बनाउन समूहका महिलाहरूलाई ग्रीन फाउन्डेसन नामक गैरसरकारी संस्थाले मेसिन उपलब्ध गराएको छ। सोही मेसिनको सहायताले उनीहरूले आकर्षक दुनाउपरि बनाएर बजारमा पठाउने गरेका छन् ।
यसरी महिलाहरूले गरेको सिपमूलक आयआर्जनमूलक कार्यलाई स्थानीय तहले सहयोग गरेर प्रोत्साहित गर्न सके यहाँका थुप्रै बेरोजगार महिला दिदी बहिनीहरूलाई काम गर्ने वातावरण मिल्ने थियो भने खेर गइरहेको सालको पातको सदुपयोग सङ्गै वन जङ्गल संरक्षणमा आम समुदायको चासो पनि बढ्ने थियो ।









प्रतिक्रिया राख्नुहोस्