तपाईँ सुन्दै हुनुहुन्छः

दाउन्नेको सकस: धुलोले बाटो देखिँदैन,बाइकलाई झन जोखिम

नवलपरासी,पश्चिम् । निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा यात्रा गर्न सवारीसाधनलाई निकै सकस हुने गरेको छ ।मूलतः दुई पाङ्ग्रे सवारी साधनलाई अझ बढी जोखिम हुने गरेको छ ।

अहिले दाउन्नेमा डेड फिट जति धुलो बाटोमा जमेको छ ।ठुला सवारीसाधनले उडाएको धुलोले बाईक चालक धुलोले पुरिदा बाटो समेत देखिने अवस्था छैन ।धुलो उडेर पानी हालिने गर्दा बाईकमा सवार हुनेहरू प्रत्येक दिन जसो नै चिप्लिएर दुर्घटना हुँदा यो बाटो भएर गरिने यात्रा काल जस्तै बन्न पुगेको छ ।”अगाडी केही देखिँदैन कहीँ कहीँ त अन्दाजमा हिँड्नु पर्छ ।बाटो बन्नै एक दशक लाग्ने भो”मोटर साइकल चालक एक यात्रुको गुनासो थियो ।

गाडी चालकहरूले समेत धुलोको कुहिरोले दिउसै फोक्स र इमर्जेन्सी लाइट बालेर हिँड्नु पर्ने अवस्था छ ।गाडीले उडाउने धूलोका कारण सडक आसपासका होटल व्यवसाय समेत चल्न छाडेको होटल व्यवसायीको गुनासो छ ।धुलोका कारण फेन्सि पसलेहरुले समेत धुलोले पसलका लुगा पुरानो जस्तो हुने गरेको दुखेसो गर्छन् ।

यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । धूलोले नदेखिएर मालवाहक गाडी खाल्डोमा फस्दा दिनहुँ घण्टौँ ट्राफिक जाम हुने गरेको छ । अत्यधिक धूलोका कारण राजमार्गमा ड्युटी गर्ने ट्राफिक प्रहरीलाई समेत धुलोका कारणले घाटीमा एलर्जीका कारण विभिन्न समस्या देखिन थालेको छ ।राजमार्ग छेउका घर समेत भाडामा जान छोडेका छन् ।”आर्थिक मन्दी उसैमाथि यो धोलेले नै व्यापार घटाएको छ”बर्दघाटका ब्यवसायिहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button