तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ– जेलेन्स्की

युक्रेन। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताउनुभएको छ । 

कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । “कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भन्नुभयो । 

उहाँले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताउनुभयो । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उहाँले बताउनुभयो । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । 

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ । उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भन्नुभयो, “रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button