शितगंगामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका १४, जलुकेपानीमा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
शितगंगा १४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षीय नियाज मुसलवानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । जिप चालक रुपन्देहीका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका र उनको उपचार भइरहेको छ ।
जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको ठाडाका प्रहरी नायव निरीक्षक सालिकराम खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्