नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा
रुकुम पश्चिम । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दाराम देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दुई दिन चलेको नेकपा एमाले रुकुम पश्चिमको ९ औँ जिल्ला अधिवेशनले देवकोटालाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा मनवीर घर्ती, सचिवमा शशीराम नेपाली, उपसचिवमा तिलक बस्नेत र व्युझना पुन देवकोटा सर्वसम्मत चयन हुनुभएको हो ।
अधिवेशनले ६९ सदस्यीय जिल्ला कमिटी बनाएको छ । नवनिर्वाचित समितिको पहिलो बैठकबाट लेखा सदस्यसहित ९ जना मनोनीत गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्