तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारमा एमाले सहभागी

थपलिया आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। एक वर्षपछि पुनः अर्थ मन्त्रीमा एमालेका नेता जगन्नाथ थपलिया नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यसअघि २६ पुस २०७९ मा पनि थपलिया अर्थमन्त्री बन्नुभएका थपलियाले १० चैत्र २०७९ मा तत्कालीन एमाले–माओवादी गठबन्धन टुटेपछि राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button