तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत सीमाका सुरक्षाकर्मीले मनाए दशगजामा होली

जनकपुरधाम । नेपाल भारतको सिमानाको सुरक्षा सहितका अन्य प्रकारका अवैधानिक क्रियाकलाप नियन्त्रणका लागि खटेका दुवै देशका सीमा सुरक्षाकर्मीहरूले होली पर्व दशगजामै मनाएका छन् ।

घर परिवारसँग टाढा रहेर देशको सीमा तथा जनताको सुरक्षामा खटेका नेपालका सशस्त्र प्रहरी र भारतका सशस्त्र सीमा सुरक्षा बलका जवान तथा अधिकारीहरुले सिमानामा नै शुभकामना आदान प्रदान गरेर होली मनाएका हुन् ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको बलहका कठाल तथा भारतको विहार राज्यको मधुबन्नी जिल्लालाई जोड्ने दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले एक अर्कालाई अबिर दलेर मिठाई आदानप्रदान गरि शुभकामना साटासाट गरे ।

नेपालका तर्फबाट मधेश प्रदेशका सशस्त्र प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह तथा भारतीय सीमा सुरक्षा बलको नेतृत्व सो क्षेत्रका सशस्त्र सीमा बलका कमान्डेन्ट एस एस पि गोविन्द विष्ट सिंहले गर्नुभएको थियो ।

त्यस अवसरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले सीमाको सुरक्षामा दिन रात खट्ने सीमा सुरक्षाकर्मीहरूको मनोबल बढाउन दुवै देशका अधिकारीहरूको सहकार्यमा संयुक्त रुपमा कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले सीमा सुरक्षाकर्मीहरूको मनोबल बढाउन तथा आफ्नो पेसाप्रति थप कर्तव्यनिष्ठ बनाउन दशगजामै कार्यक्रम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button