दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकता : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयमुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
गोरखामा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाड जलाशयमुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री बस्नेतले पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको उल्लेख गर्नुहुँदै ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयमुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्