तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदमन्त्री र आइसीसी अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष ग्रेग बार्कलेबीच आज युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ ।

भेटघाटमा उहाँहरुबीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले बताउनुभयो ।

मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष बार्कले चार दिने नेपाल भ्रमणमा नेपाल आउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button