तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताउनुभएको छ । 

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाउनुभयो ।

“सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँच वटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्ने गरी नयाँ मोडलको खोजी भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “अनुदान यही वर्षदेखि बढ्ने विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु । उहाँले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आउनुभएका उहाँ बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक हुनुभयो । उहाँले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button