‘अर्थतन्त्र चलायमान बनाउन नवगठित सरकार क्रियाशील’
वीरगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आर्थिक मन्दीको कारण देशको अर्थतन्त्र प्रभावित भएको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउन ठोस कार्य योजनाका साथ नवगठित गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको प्रमुख अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वीरगन्जको आइसिपी र सिर्सिया भन्सारको स्तर उन्नति र आधुनिकीकरणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उहाँले वीरगन्जको अलौमा रहेको दुवै भन्सारको निरीक्षण समेत गर्नुभएको थियो । सो क्रममा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) र सिर्सिया सुक्खा बन्दरगाह कार्यालयमा देखिएका विभिन्न समस्यालाई तत्काल समाधान गर्न भन्सार प्रमुखहरूलाई आग्रह समेत गर्नुभयो ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, स्थायी कमिटी सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य एवं सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्