तपाईँ सुन्दै हुनुहुन्छः

चालु आर्थिक वर्षमा बर्दियामा घरेलु हिंसाका दुई सय ८६ उजुरी

बाँके । जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवामा केन्द्रको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा घरेलु हिंसा बढेको पाइएको हो ।

घरेलु हिंसा परिवारबाट हुने भएकोले कतिपय हिंसाका घटना घरभित्र नै दबिएर रहन बाध्य रहेका छन् । घरेलु हिंसाबाट असरबाट कुनै वर्ण, समुदाय, जातजाति, अछुत रहन सकेको छैन ।

चालु आर्थिक वर्ष २०८०/०८१ को माघ सम्ममा दुई सय ८६ वटा घरेलु हिंसा घटनाको उजुरी परेको छ । जसमध्ये दुई सय ५४ वटा घरेलु हिंसामा घटना छलफल पछि मिलापत्र भएको छ । नौ वटा निवेदनमा मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको छ । यसवर्ष घरेलु हिंसा आएको उजुरी पछि दुई वटा बहुविवाहमा गएर मुद्दा दर्ता भएको छन् भने २१ निवेदनमा छलफल हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा दुई सय ३५ वटा घरेलु हिंसाको उजुरी परेका छन् ।

 जसमध्ये दुई सय १० वटा निवेदनको छलफल भएर मिलापत्र भएको छ । भने बाँकी २५ वटा निवेदनको मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको छ । भने आर्थिक बर्ष २०७८/०७९ मा दुई एक वटा घरेलु हिंसा भएको उजुरी परेको छ । जसमध्ये एक सय ७० वटा निवेदनमा छलफल भई मिलापत्र भएको छ । भने बाँकी ३१ वटा निवेदन छलफलबाट मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रहरी सहायक निरीक्षक सरस्वती पौडेलका अनुसार अधिकांश घरेलु हिंसा गरिबीका कारण हुने गरेको छ ‘ गरिबीका कारण घरमा आर्थिक समस्या हुन्छ । 

आर्थिक समस्याको समाधान गर्न नसक्दा त्यसले अनेक खालका समस्या आउने गरेको छ। जसको कारण परिवारमा कलह भएर घरेलु हिंसा हुने गरेको छ । घरेलु हिंसामा परेकाले शारीरिक, मानसिक यातना भोग्दै आउने गरेको पाइएको छ । 

त्यसैगरी केही घरेलु हिंसाको कारण मादक पदार्थ सेवन पनि हुने गरेको छ । घरेलु हिंसा परेको उजुरीका आधारमा सामान्य खालमा घटनामा दुवै पक्षलाई राखेर छलफल गराइ मिलापत्र गराएर पठाउने गरेको प्रहरी सहायक निरीक्षक पौडेलले बताउनु भयो । उहाँले मिलापत्र गरेर गएपनि फेरि घरेलु हिंसा भएको छ छैन भनेर समय समय पीडितसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र फोन मार्फत कुराकानी गर्ने गरिएको जानकारी दिनुभयो ।

एक पटक मिलापत्र भएर भएका घरेलु हिंसाका घटना नदोहोरियोस् भनेर सेवा केन्द्रले पीडितसँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने गरेको छ । भने मिलापत्र हुन नसक्ने गम्भीर खालका घटनालाई कानुनी प्रक्रियामा जाने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button