तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्षको शपथ आज साढे ४ बजे

काठमाण्डौ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालको आज अपरान्ह साढे ४ बजे शपथ हुनेभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा अध्यक्ष दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु हुनेछ ।

दाहाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button