छैटौँ झापा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
झापा । काठमाडौँको चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्डकपको विजेता बनेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो पटक झापा गोल्डकपमा सहभागिता जनाएको थियो ।
खेलको ११ औँ र ६६ औँ मिनेटमा गोल गर्दै चर्च ब्वाइजका अवयोमि ओलुवासिओन फाकुन्लेले टिमलाई जित नजिक पुर्याएका थिए । खेलको ८७ औँ मिनेटमा चर्च ब्वाइजका राजेश परियारले गोल थप्दै टिमको जीत सुनिश्चित गरेका थिए ।
उपाधिसँगै चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एपीएफले सात लाख रुपैयाँमा चित्त बुझाएको छ ।
समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्