तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीपरिषद् विस्तार : अब जसपा पनि सरकारमा, आज ११ बजे शपथ

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । जनता समाजवादीलाईसमेटेर प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।

समाजवादीबाट सरकारमा सहभागी हुनुहुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनुहुनेछ भने साह वन तथा वातावरण मन्त्री बन्नुहुनेछ । कार्कीले स्वास्थ्य राज्यमन्त्रीको रुपमा सपथ लिनुहुनेछ ।

उहाँहरुको सपथ अहिले विहान ११ बजेको लागि तय भएको छ । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button