तपाईँ सुन्दै हुनुहुन्छः

सबै वडामा सार्वजनिक सुनुवाइ

खोटाङ-हलेसी तुवाचुङ नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाइको शुरुआत गरेको छ । विनियोजित बजेटमार्फत सञ्चालित योजनाको प्रभावकारिता तथा जनताको गुनासो सुन्न नगरपालिकाले शनिबारबाट वडास्तरमा सार्वजनिक सुनुवाइको थालनि गरेको हो ।

वडा नं १ बाहुनीडाँडाबाट शुरु गरिएको सुनुवाइ कार्यक्रम आगामी फागुन ७ गते सम्पन्न हुने जनाइएको छ । ११ वडा रहेको उक्त नगरपालिकामा आज वडा न २ डिकुवा र १० अर्खौले, २७ गते ३ च्यास्मिटार र ९ सल्ले, २८ गते ४ बडहरे र वडा नं ६ मङ्गलटार, २९ गते वडा नं ५ दुर्छिम र ७ महादेवस्थन अगामी फागुन १ गते वडा नं ८ धितुङ र ११ राजापानी तथा फागुन ७ गते नगरस्तीय सार्वजनिक सुनुवाइ गरिने नगरपालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।

नगरपालिकाले हालसम्म गरेको कामको समीक्षा, सम्पन्न भइसकेका र चालू अवस्थामा रहेका योजनाका बारेमा जानकारी दिने, जनताको रायसुझाव र गुनासो सुन्न तथा समृद्ध नगर बनाउन सबैसँग हातेमालो गर्ने उद्देश्यले सुनुवाइको आयोजना थालेको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो ।

काम गर्दा कतिपय ठाउँमा कमजोरी भएको हुनसक्ने भएकाले आगामी दिनमा सच्याउने अवसरका रुपमा कार्यक्रमलाई हेरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button