धर्मका नाममा द्धन्दको खेती गर्न पाइँदैन : ओली
बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्धन्दको खेती गर्न नपाइने बताउनुभएको छ । बागलुङको पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई ब सम्बोधन गर्नुहुँदै ओलीले धर्मले सबै लाई सुखी र खुसी राख्ने बताउनुभयो
नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरू सक्रिय हुन थालेको आरोप लगाउनुभयो । जाती र धर्मका नाममा अराजकता मच्चाउनेहरू प्रति सचेत र सजग हुन जरुरी भएको उहाँले बताउनुभयो ।
सर्वे भवन्तु सुखिन्, सर्वे सन्तु निरामय भन्ने वाक्यांश अनुसार नेपालीहरूले मिलेर बस्ने धर्म मान्दै आएको चर्चा गर्नुभयो ।अध्यक्ष ओलीले मानिसको चेतना र भावनालाई ठिक पारे मान्छेले नै सिर्जना गरेका समस्या समाधान हुने बताउनुभयो ।
बुद्धका उपदेशको उदाहरण दिँदै ओलीले बुद्धका मूर्ति तोड्ने, शास्त्र जलाउने र बुद्धमार्गीहरु लखेट्नेहरू शान्तिका लागि बुद्धका उपदेश पढ्ने गरेको बताउनुभयो । उहाँले बुद्धका उपदेश २६ सय वर्षसम्म पनि उत्तिकै महत्पूर्ण रहेको भन्दै सकारात्मक सोचको दीर्घकालीन महत्व हुनेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्