तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति गठन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनाएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तररिय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो । मन्त्रालयले  आइतबार ५ सदस्यीय समितिको सदस्यहरूमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयको उप सचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी रहेका छन् ।  

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवि कालबाटै विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो ।

काठमाडौँ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्र विकास कोषले काम अगाडि बढाई सकेको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थाली नै सकिएको छ । पशुपतिनाथको नाममा देशभर नै जग्गाहरू रहेका छन् यसलाई व्यवस्थित गर्न उच्च स्तरीय समिति गठन गरिएको मन्त्री सुदन किरातीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button