तपाईँ सुन्दै हुनुहुन्छः

गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा

कायरो। अरब लिगका महासचिव अहमद अबोल घिटले बुधबार गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ ।

गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो । अमेरिकी कदमप्रति अबोल घिटले “गहिरो खेद“ व्यक्त गर्नु भएको छ ।

मङ्गलबार न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा प्यालेस्टाइनी क्षेत्रमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रहरूको तर्फबाट पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो ।

अमेरिकी स्थितिले अन्तरराष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको र संयुक्त राष्ट्रसंघले देखेको पक्षाघातमा योगदान पु¥याएको एएलको विज्ञप्तिमा अबुल घिटलाई उद्धृत गर्दै जनाइएको छ ।

अबोल घिटले यस्ता घटनामा सम्बन्धित पक्षको “राजनीतिक र नैतिक जिम्मेवारी“ लाई पनि जोड दिनुभएको छ ।

अबोल घिटले गाजामा इजरायली आक्रमणलाई लम्ब्याउनका लागि अमेरिकाको “राजनीतिक र नैतिक जिम्मेवारी“ रहेको आशय व्यक्त गर्नुभएको छ ।

अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन थियो भने अमेरिकाले यसको विरुद्धमा भिटो गरेको थियो । बेलायतले त्यसको विरोध गरेको थियो ।

मस्यौदा प्रस्तावमा मतदान हुनु अघि, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले अल्जेरियन मस्यौदाले बन्धक सम्झौताको लागि जारी प्रयासलाई खतरामा पार्ने बताउनुभयो ।

उहाँको प्रतिनिधिमण्डलले प्रतिद्वन्द्वी मस्यौदा प्रस्तावमा काम गरिरहेको छ जसले सबै बन्धकहरूलाई रिहा गर्ने सूत्रमा आधारित ‘अस्थायी युद्धविराम’ लाई आह्वान गर्ने बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button