तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक समृद्धिका लागि दलीय सहकार्यमा एमाले अध्यक्षको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।

विश्व सामाजिक मञ्चको १६औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज यहाँ आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरू कुनै दर्शन र विचारधारा आधारितभन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले पारस्परिक हित, लाभ र सामाजिक न्यायसहितको परराष्ट्र नीतिप्रति आफ्नो पार्टीको  दृढ समर्थन रहेको बताउनुभयो ।

    

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव सुरेन्द्र कार्कीले समाजवादी आन्दोलनलाई निष्कर्षमा  पुर्‍याउन यसका पक्षधर एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले देशको अर्थतन्त्रलाई गतिशील बनाउन पूँजीगत खर्च बढाउनुपर्ने सुझाव दिनुभयो ।  

विश्व समाजवादी आन्दोलनका अगुवा अलेइडा ग्वेभाराले समुन्नत राष्ट्र निर्माणका लागि जनतालाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । 

परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरी मुलुकको विकास र समृद्धिको यात्रालाई सार्थक बनाउनुपर्छ भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button