पञ्चवर्षीय योजनाका लागि दिने सुझावका विषयमा समितिमा छलफल
काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा १६ औँ पञ्चवर्षीय योजनाका लागि समितिले दिने सुझावका विषयमा छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले विदेश पढ्न जाने विद्यार्थी र पुँजी दुवैलाई रोक्न १६ औँ योजनाले समेट्नुपर्ने, पहाड खाली भई शहर भरिने क्रम रोक्न अवसर र सेवा पहाड केन्द्रित गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा आफ्ना धारणा राख्नुभयो ।
सांसदहरुले वस्तु तथा सेवाको वितरण राज्यका निकायबाट हुनुपर्ने र यसलाई १६ औँ योजनाले समेट्नुपर्ने बताउनुभयो ।
समितिको बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्