‘फेक पत्रकारिताले मूलधारको पत्रकारितालाई असर गर्न थाल्यो’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय फेक पत्रकारिताले मूलधारको पत्रकारितालाई असर पार्न थालेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गरेको क्रियाशील पत्रकारहरूलाई पुरस्कार अर्पण समारोह कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रको विश्वसनीयता बढाउन मूलधारका पत्रकारहरू क्रियाशील बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारले ल्याउन लागेको सञ्चार ऐन आगामी हिउँदे अधिवेशनमा पेश गर्ने र त्यसको कार्यान्वयन नहुँदासम्म आफूलाई सधैँ झकझकाइ रहन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखराका ७ जना पत्रकार पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई नेपाल पत्रकार महासङ्घ कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरूमा कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्