क्रान्तिकारीका अध्यक्ष सिंहसहित छ जनालाई पक्राउ गर्न आदेश
सुर्खेत । सुर्खेत जिल्ला अदालतले १५ वर्षअघि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेकालाई पक्राउ गर्न आदेश दिएको छ ।

अदालतले हत्या आरोपमा संलग्न अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई शुक्रबार पक्राउ गर्न आदेश दिएको हो ।
किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका पञ्चा सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्