तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन बोर्डको काम कारबाही र आगामी कार्ययोजनाका सम्बन्धमा समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पर्यटन बोर्डको वार्षिक कार्यक्रम, हाल भइरहेको काम कारबाही र आगामी कार्ययोजनाका सम्बन्धमा बोर्डका पदाधिकारीसँग छलफल गरेको छ । 

समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बोर्डका काम कारबाही र आगामी कार्ययोजना प्रस्तुत गर्दै नेपाल भ्रमण दशकको संक्षिप्त कार्य योजनाको खाँका तयार गरिएको, पर्यटन योजना तर्जुमा लगायतका कामहरू भएको जानकारी दिनुभयो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन प्रवद्र्धनका लागि एकद्वार अनुमति प्रणाली गर्न आवश्यक रहेको र यसको अधिकार क्षेत्र स्पष्ट गर्नुपर्ने धारणा राख्दै पर्यटन प्रवद्र्धनका लागि निरन्तर लागिरहेको बताउनुभयो । 

प्रमुख कार्यकारी अधिकृत रेग्मीले फेक रेस्क्यु रोक्ने नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउँदै अनिवार्य नेपाली गाइडको व्यवस्था गरिनुपर्ने बताउनुभयो । 

बैठकमा सांसदहरुले पर्यटन बोर्ड विदेशी पर्यटकलाई कसरी व्यवस्थित रुपमा नेपाल भित्र्याउने भन्ने समृद्ध योजना बनाएर काम गर्न नसकेको बताउनुभयो । 

सांसदहरुले काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीभन्दा बाहिर पनि कार्यक्रमहरू गर्ने र पर्यटन प्रवद्र्धन गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button