तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ । हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ ।

ठुली रातका रूपमा समेत मनाइने पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ । यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने बिस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button