चिकित्सकहरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार चिकित्सकहरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरिएको छ ।

बकुलहर रत्ननगर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूबिच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालको संयोजनमा मैत्रीपूर्ण प्रतियोगिता गरिएको हो ।
रत्ननगर वडा नं ७ स्थित सिसुवार चौरमा गरिएको मैत्रीपूर्ण प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिमले जितेको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिमलेले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । जवाफमा बकुलहर रत्ननगर अस्पतालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
प्रतियोगितामा १९ रनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिम विजयी भएको थियो । खेलकुदको माध्यमबाट दुई अस्पतालका चिकित्सकहरूबिच सम्बन्ध विस्तारका लागि प्रतियोगिता गरिएको बकुलहर रत्ननगर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.शशाङ्क कुमार सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्