दुई जना गम्भीर घाइते, आइसियुमा उपचार हुँदै
चितवन । भरतपुर महानगरपालिका–२ आँपटारीमा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राती करेन्ट प्रवाह भइरहेको बिजुलीका तार चोर्न खोज्दा आँपटारीका प्रकाश नेपाली र सुनिल खनाललाई करेन्ट लागेको थियो ।
घाइतेहरूको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियुमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरूको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गए राति १ः०० बजे चितवन मेडिकल कलेज पुर्याइएको थियो ।
करेन्ट प्रवाह भइरहेको तार चोर्ने नियतले काट्न खोज्दा दुई जनालाई करेन्ट लागेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्