तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सुनको सिक्री चोरी गरी भाग्ने युवक पक्राउ

कास्की । पोखरामा बुधबार राती १२ बजेको समयमा सुनको सिक्री चोरी गरी भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुल स्थित २९ वर्षीय हेमन्त पुनको घाँटीबाट सुनको सिक्री चोरी गरि भागेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनको सिक्री चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महेन्द्रपुल स्थित प्रहरी बिटमा खटिएको प्रहरी टोलीले पोखरा ४ सिदार्थचोक बस्ने २७ वर्षीय सुमन परियारलाई पक्राउ गरेको छ ।

परियारलाई  एक थान सुनको सिक्रीसहित फेला पारेको र निजको हुलिया तथा सिक्री सनाखत गर्दा निजले चोरी गरी फरार रहेको देखिएको प्रहरीले जनाएको छ ।

उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button