तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्ष ५ लाख घुससहित पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको जीतपुरबाट एक जना वडाध्यक्षलाई घुस रकम सहित पक्राउ गरेको छ । 

हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको हो । 

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ । वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button