तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको बैठक आज र भोलि गरी दुई दिनसम्म चल्ने छ । 

सचिवालय बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल गरिने पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button