तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ट्याक्टर दुर्घटना एकजनाको मृत्यु 

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीका ४२ वर्षीय वीर सिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट  सदरमुकाम मार्तडीतर्फ जाँदै गरेको सु‍.प.प्र.०१९००१च१२५७०नम्बरको ट्राली नजोडेको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक  कभिन्द्रसिंह बोहोराले बताउनु भयो।  घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय  बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button