तपाईँ सुन्दै हुनुहुन्छः

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनमाथि दफावार छलफल जारी

काठमाडौँ ।  राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८० माथि आज पनि दफावार छलफल भएको छ । 

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले प्रस्तावित विधेयकमा विश्वविद्यालयको कार्यकारी परिषद्मा रहने विज्ञ व्यक्ति प्राध्यापकमध्येबाट मात्रै नभई स्वतन्त्र र प्राज्ञिक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

बैठकमा सांसदहरु देवेन्द्र दाहाल, मदनकुमारी शाह, गरिमा, तुलसा दाहाललगायतले विश्वविद्यालयको कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिनुपर्नेमा पनि जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button