तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

मस्को। रूसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिनुभएको छ ।

पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ ।

मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ ।

रूसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ । यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’ लाई सङ्केत गर्दैन, तर यो वृद्धि बिस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने सी अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेटोको संयुक्त सशस्त्र बल रूसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ । नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ ।”

’नेटो गठबनधनको आक्रामक गतिविधिको लागि रूसी सेनालाई बढाउनु उपयुक्त प्रतिक्रिया भएको सको दावी छ ।

सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको छ । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिनुभएको थियो ।

गत डिसेम्बरमा रूसी रक्षामन्त्री सर्गेई शोइगुले रूसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताउनुभएको थियो ।

यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनमाथि चाँडै विजय हासिल गर्ने आशामा सङ्ख्या बढाइएको हो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button