तपाईँ सुन्दै हुनुहुन्छः

मुर्रा राँगालाई भारतीय भन्सारले रोक लगायो

बाँके । नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोक लगाएको छ । बाँकेको नेपालगञ्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र (बिल) भारतीय भन्सारले माग गरेको हो ।

अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा भारतीय भन्सारले रोक लगाएको नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णले जानकारी दिनुभयो ।

राँगा दुईवटा ट्रकमा ल्याउन लागिएको हो । भारतको पञ्जाबबाट पुनः बिल बनाएर ल्याउनु पर्ने भएकाले ती राँगालाई भारतीय भन्सारमा नै राखिएको छ । सो बिल आएपछि भारतीय भन्सारले राँगालाई पठाउने तयारी गरेको कर्णले बताउनुभयो ।

उन्नत जातका मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरुप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा राखिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button