हरि अभिनव विद्वत प्रतिभा पुरस्कार प्रा. डा. पोखरेललाई
काठमाडौँ । अभिनव साहित्य समाजले हरि प्रसाद घिमिरेको नाममा स्थापित हरि अभिनव विद्वत प्रतिभा पुरस्कार प्राध्यापक डाक्टर ऋषिराम पोखरेललाई प्रदान गरेको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा भैरव स्मृति भवन जोरपाटीमा आज आयोजित कवि गोष्ठी एवं अभिनन्दन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले ३० हजार नगदसहित हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार’ २०८० बाट प्राध्यापक डाक्टर पोखरेललाई अभिनन्दन गर्नुभयो ।
विजय चालिसे, रामेश्वर फुयाँल, वाग्लुंगका काजी रोशन, ठाकुर शर्मा, राम बाबु दाहाल, उत्तम सन्जेल र विमल अर्यालले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा गोविन्द घिमिरे वेदमणिद्वारा लिखित अस्ट्रेलियादेखि युरोपसम्म नामक नियात्रा पुस्तको लोकार्पण समेत गरिएको थियो ।
त्यस अवसरमा समाजसेवी वसन्त रिजालले गोकर्णेश्वर नगरपालिका–४ मा रहेको कान्ति भैरव गुरुकुललाई नगद १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्