सप्तकोसीमा पानी जहाज दुर्घटना, २ पत्रकार घाइते
सुनसरी । सुनसरी गोताखोर तामिलको समापनका क्रममा कोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ ।
एक दर्जनभन्दा बढी चढेको पानी जहाज आज २ बजे चतरा घाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो । उदयपुरतर्फ जाने क्रममा पानी जहाज दुर्घटना भएको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परेर पत्रकार कुमोद अधिकारी साथै पत्रकार जितेन्द्र ठाकुर, खेम सापको, महाप्रसाद खतिवडा घाइते भएका छन् ।
सबै जनाको उद्धार गरि घाइते २ जना लाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्