तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स (यूएई)सँग खेल्दैछ ।

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ । नेपाललाई फाइनल प्रवेशका लागि मात्र नभई यो खेल विश्वकपमा छनोट हुन समेत महत्वपूर्ण हुनेछ ।

सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ । छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button