तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ नजिकिएसँगै हवाई यात्रुलाई टिकट पाउन समस्या

हुम्ला, २७ असोज : बडादसैँ नजिकिँदै गर्दा सिमिकोटबाट नेपालगन्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ ।

नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगन्ज जाने टिकट नपाएर यही बस्नु परेको बताउनुभयो । उहाँले ११ दिनदेखि नेपालगन्ज जाने टिकट पाउन नसकेको गुनासो गर्नुभयो । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफ मात्र पाउने गरेको उहाँको भनाइ थियो ।

यहाँबाट नेपालगन्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button