कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज( मङ्गलबार) सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।
कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नुपरेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्