तपाईँ सुन्दै हुनुहुन्छः

भाषासम्बन्धी विधेयक समितिमा पठाउने बागमती प्रदेशसभाको निर्णय

मकवानपुर । बागमती प्रदेशसभामा दर्ता भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले उक्त विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समिति पठाइयोस भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button