कञ्चनपुरमा जङ्गली हात्तीको बथानले तीन वटा घरमा क्षति

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा जङ्गली हात्तीको बथानले तीन वटा घरमा क्षति गरेको छ ।
गएराति आएको हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको वडा ४ का अध्यक्ष धर्म बहादुर सिंहले बताउनुभयो । “जङ्गली हात्ती गाउँ पसेर तीन घरमा क्षति गरेको छ ।” अध्यक्ष सिंहले भने–“पन्ध्र परिवारको धानबालीमा समेत हात्तीले नोक्सानी गरेको छ ।” हात्तीले घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।
हात्तीबाट पीडितलाई राहत एव आवश्यक सहयोगका लागि क्षतिको विवरण सङ्कलन गरिरहेको कृष्णपुर नगरपालिकाले जनाएको छ । कञ्चनपुरमा जङ्गली हात्तीले क्षति पुर्याउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्