बाढीले अस्थायी पुलमा तथा सडकमा क्षति
सिन्धुपाल्चोक। लगातारको बर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पु¥याएको छ । बाढीले केही दिन अघि मात्र मेलम्ची नगरपालिका ११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पु¥याएको हो ।

पुलमा क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका ७ र ८ हेलम्बु गाउँपालिकाको २ र ३ तथा पाँचपोखरीका १ र २ वडाका नागरिक प्रभावित भएका छन् ।त्यस्तै बाढीले हेलम्बुमा चनौटे– इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । वर्षा रोकिएपछि मर्मत थालिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्