अमेरिकी उत्पादनमा सेप्टेम्बरमा अपेक्षाभन्दा कम गिरावट
वासिङ्टन। नयाँ मागमा कमजोरी भए पनि विश्लेषकको अपेक्षालाई गलत सावित गर्दै अमेरिकी उत्पादन गतिविधि सेप्टेम्बरमा सन् २०२२ को अन्त्यपछि पहिलो पटकसबैभन्दा कम सङ्कुचन भएको सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।
आपूर्ति व्यस्थापन इन्स्टिच्युट (आईएसएम) को उत्पादन सूचकाङ्क गत महिना अनुमान गरिएभन्दा राम्रो ४९ प्रतिशत पुगेको छ, जुन अगस्टमा ४७.६ प्रतिशत थियो ।
यो मार्केटवाचद्वारा सर्वेक्षण गरिएको अर्थशास्त्रीहरूको औसत अपेक्षाभन्दा १.० प्रतिशत बढी थियो, तर यस क्षेत्रको वृद्धिलाई सङ्केत गर्ने ५० प्रतिशतभन्दा कम थियो ।
आईएसएमका सर्वेक्षण प्रमुख टिमोथी फियोरले भन्नुसभयो, “अमेरिकी उत्पादन क्षेत्रले सङ्कुचनको प्रवृत्तिलाई निरन्तरता दिएको छ तर नोभेम्बर २०२२ पछि सुस्त दरमा यसको सबैभन्दा राम्रो प्रदर्शन रेकर्ड गरेको छ ।
यद्यपि, सेप्टेम्बर सङ्कुचनको लगातार ११ औं महिना हो, जसले यस क्षेत्रमा जारी चुनौतीहरूको सङ्केत गर्दछ ।
फेडरल रिजर्भ उच्च मुद्रास्फीतिको सामना गर्न गत वर्षको मार्चदेखि ब्याज दर वृद्धिको आक्रामक अभियानमा छ । यसले उपभोक्ताको मागलाई असर गर्दछ ।
‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’ की प्रमुख अमेरिकी अर्थशास्त्री रुबेला फारुकीले ग्राहकहरूलाई लेखेको एक सन्देशमा भन्नुभएको छ, “उच्च ऋण लागत र कडा क्रेडिट अवस्थाका कारण उत्पादन क्षेत्रले जटिलताको सामना गर्नुपरेको छ ।
“तर आपूर्ति सञ्जालको किनारा र घरेलु उत्पादन क्षमतामा लगानीले समयको साथ औदोगिक कारखाना गतिविधिलाई समर्थन प्रदान गर्न सक्छ,“ उहाँ थप्नुभयो ।
राष्ट्रपति जो बाइडेनको हस्ताक्षर विधायिकी उपलब्धि गत वर्ष पारित मुद्रास्फीति न्यूनीकरण ऐनले संयुक्त राज्य अमेरिकाभरि लगानीमा उछाल ल्याएको छ किनकि फर्महरूले उदार नयाँ कर छुटको फाइदा उठाइरहेका छन् ।
फियोरले भन्नुभयो, “कम्पनीहरूले अझै पनि मागको प्रबन्ध गरिरहेका छन् किनकि आर्थिक मन्दी जारी छ । सेप्टेम्बरमा देखिएको मासिक सुधार ‘स्पष्ट सकारात्मक’ परिणाम हो ।”एएफपी








प्रतिक्रिया राख्नुहोस्