भोजपुर प्रहरीमा अब क्युआर कोडबाट गुनासो राख्न सकिने
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले गुनासो व्यवस्थापनको लागि ‘क्युआर कोड’ को प्रयोग सार्वजनिक गरेको छ ।
कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार भोजपुरमा पनि क्युआर कोड सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिप राज पाठकले प्रहरीको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउन लागिएको बताउनुभयो ।

सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिर मर्का कैफियत भएमा सिधै सिकायतका लागि क्युआर कोड प्रयोग गर्न सकिने प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्