रोल्पामा पनि विविध कार्यक्रम गरी मनाइयो बाल दिवस
रोल्पा । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नारासहित रोल्पामा पनि विविध कार्यक्रम गरी ५९ औँ राष्ट्रिय बाल दिवस २०८० मनाइएको छ ।

रोल्पाका १० वटा स्थानीय तहहरूको सहकार्यमा सम्बन्धित स्थानीय सबै विद्यालयहरूले ब्यानर, प्लेकार्डको साथमा नारा लगाउँदै वृहत् र्यालीद्धारा परिक्रमासहित मौलिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएका हुने ।

नृत्य, गायन, फुटबल, भलिबल, कुर्सी दौड, घैंटाफोर, चम्चा दौड, वादविवाद, हाजिरी जवाफ लगायतका कार्यक्रममा सहभागी भई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान पाएका विद्यार्थीहरूलाई पुरस्कार पनि त्यस अवसरमा वितरण गरियो ।







प्रतिक्रिया राख्नुहोस्