तपाईँ सुन्दै हुनुहुन्छः

आज प्रतिनिधिसभाको वैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button