तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर बिहानी कप फुटबल : सिद्धकाली, विद्योदय, पञ्चकन्या र सगरमाथा सेमिफाइनल प्रवेश

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधवारबाट जारी अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगितामा सिद्धकाली, बिद्योदय, पञ्चकन्या र सगरमाथा स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा जारी प्रतियोगितामा पहिलो सेमिफाइनल खेल बिद्योदय मावि भोजपुर र पञ्चकन्या मावि बोखिम तथा दोस्रो खेल सिद्धकाली इङ्लिस बोर्डिङ स्कुल भोजपुर र सगरमाथा इङ्लिस बोर्डिङ स्कुल भोजपुरबिच हुने भोजपुर जिल्ला फुटबल संघका प्रशिक्षक बिनम श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक बिहानी फुटबल क्लबले जनाएको छ ।

प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button